टेष्ट क्रिकेटमा स्टुअर्ट ब्रोडले पूरा गरे ५ सय विकेट

काठमाडौं : इंग्ल्याण्ड क्रिकेट टिमका स्टार बलर स्टुअर्ट ब्रोडले टेष्ट क्रिकेटमा आफ्नो ५० औं विकेट पूरा गरेका छन् ।

उनले वेष्टइन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट म्याचको क्रममा आफ्नो ५० औँ टेष्ट विकेट पूरा गरेका हुन् ।

तेस्रो टेष्ट खेलको पाँचौं तथा अन्तिम दिनमा क्रेग ब्राथवेटलाई एलबीडब्ल्यू आउट गर्दै टेष्ट वीवनको आफ्नो ५० औं विकेट पूरा गरेका हुन् ।

याे पनि पढ्नुस  इंग्ल्याण्डका क्रिकेटरलाई फुबटल खेल्न बन्देज

यसअघि जेम्स एन्डरसनले पनि आफ्नो ५ सय विकेट पूरा गर्दा वेष्टइन्डिजका क्रेग बर्थवेटलाई नै आफ्नो लक्ष्यमा पारेका थिए ।

ब्रोड टेष्ट क्रिकेट इतिहासमा ५ सय विकेट पूरा गर्ने सातौँ बलर हुन् ।

उनले ५ सय विकेट पूरा गर्न २८ हजार ४३० बल फ्याँक्नु पर्‍यो । उक्त रेकर्ड कायम गर्न अष्ट्रेलियाका ग्लेन म्याक्ग्राथले २५ हजार ५२८, जेम्स एन्डरसनले २८ हजार १५०, कर्टली वाल्सले २८ हजार ८३३, मुथैया मुरलीधरण्ले २९ हजार ५११, शेन वार्नले ३० हजार २०० तथा अनिल कुम्बलेले ३२ हजार ९ सय ५९ बल फ्याँकेका छन् ।

कमेन्ट गर्नुहोस्