९९ हजार पुग्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ पुगेको छ ।

बुधबार तोलामा ९८ हजार ५ सयमा कारोवार भएको सुन आज ५ सय बढेर ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महंगो हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोनाबाट मर्नेको संख्या २१ सय नाघ्यो

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्