विद्यालय खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं : सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय भर्ना खोल्ने निर्णय गरेको हो ।

साथै विद्यालयले २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ ।

भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पुर्‍याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्