‘गुगल र फेसबुकले समाचार प्रयोगबापत भुक्तानी गर्नुपर्छ’

क्यानबेरा : अष्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन ३ महिनाभित्र मध्यस्थता गर्न गुगल र फेसबुकलाई आदेश दिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचारसंहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गुगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ ।

विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अष्ट्रेलियाले आचारसंहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियामा भीषण आगलागीः २५ जना र ५० करोड वन्यजन्तुको मृत्यु

गुगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ ।

अष्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिए ।

याे पनि पढ्नुस  गायिका अबुन पाण्डेको ‘महसुस’ सार्वजनिक (भिडियोसहित)

अष्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अष्ट्रेलियाली सञ्चारमाध्यमहरूले बताउँदै आएका छन् ।

अष्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी २ कम्पनीले अस्ट्रेलियाली सञ्चारमाध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महिनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ ।

उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ । अर्थमन्त्री फ्राइडेनबर्गले भन्नुभयो, त्यसपछि उक्त मस्यौदालाई संसदमा पेश गरिने छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियामा दुई दशकयताकै भारी वर्षा, डढेलो निभ्यो

प्रस्तावित मस्यौदामा नियम उल्लङ्घन गरेमा त्यस्ता प्लेटफर्मको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ ।

गुगल र फेसबुकका अष्ट्रेलियाली प्रतिनिधिहरूले सरकारले अघि सारेको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्