मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल गरियो

गाईघाट : उदयपुरमा पहिलोपटक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शुक्रबार मालपोत कार्यालय उदयपुरका खरिदार पदमा कार्यरत त्रियुगा नगरपालिका-९ का ३४ वर्षीया पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

४ जना कर्मचारीमा गरिएको परीक्षणबाट उनलाई पोजिटिभ देखिएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले बताए । उन सेवाग्राहीको चाप बढ्न थालेपछि सबैको परीक्षण गर्ने योजना भए पनि पीसीआर किट अभावका कारण चार जनाको मात्र स्वाबको नमुना सङ्कलन गरिएको बताए ।

याे पनि पढ्नुस  १७ सय कर्मचारीको नाम कारबाहिका लागि सिफारिस

सङक्रमितले परीक्षण गर्नुअघि नै सामान्य ज्वरो आउने, जीउ कटकटी खाने बताएपछि लक्षणको आधारमा उनको परीक्षण गर्दा पोजिटिभ देखिएको कार्यालय प्रमुख थापाले बताए ।

कोरोना पुष्टि भएसँगै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रदान गरिने सबै सेवा स्थगन गरी मालपोत कार्यालयल प्रशासनले तत्कालै सिल गरेको छ ।

याे पनि पढ्नुस  रेलका लागि आवेदन मागिएको संख्यामा कर्मचारी पाइएनन्

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले अनिश्चितकालका लागि सेवा ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । कार्यालयको सेवा ठप्प पारेसँगै सङ्क्रमित कर्मचारीको यात्रा विवरण सुरु गरिएको पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्