कोरोनाबाट भियतनाममा पहिलोपटक १ जनाको मृत्यु

काठमाडौं : भियतनाममा कोरोना संक्रमणबाट पहिलोपटक १ जनाको निधन भएको छ । शुक्रबार स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार कोरोनाबाट पहिलो पटक होइ एन सहरमा ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

यो साताको शुरुवातमा भियतनाममा पुनः कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको थियो । त्यसअघि तीन महिनाभन्दा लामो समय कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका थिएनन् । तर, अहिले भने नयाँ संक्रमित देखिन थालेका छन् ।

याे पनि पढ्नुस  डायरीः यहाँ छैन कोरोना, निर्धक्क काममा लागेका छन् मानिसहरू

अन्य मुलुकको तुलनामा भियतनामले कोरोना भाइरसको नियन्त्रण राम्रोसँग गरेको थियो । नौ करोड ५० लाखभन्दा बढी जनसंख्या रहेको यो मुलुकमा अहिले केही सय मानिस मात्र कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्