काठमाडौं : शुक्रबार नेपालमा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
आज झापाका १३, मोरङका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझाङका २५, कैलालीका १५, काठमाडौंका ३२, नुवाकोटका २, ललितपुरका ५, भक्तपुरका १, नवलपरासीका २, मकवानपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, दार्चुलाका १६, कञ्चनपुरका १८, सप्तरीका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० तथा डोटीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १ सय ५१ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।