कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

हेटौँडा : मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ ।

याे पनि पढ्नुस  मकवानपुर क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ ।

इन्द्रसरोवर जलासयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८.५२ पानीको सतह थियो भने आज अपराह्न ४ बजेसम्ममा १५१८.३५ सतहसम्म मात्र पानी रहेको छ । हिजोको तुलनामा आज १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिए ।

याे पनि पढ्नुस  बागमती प्रदेशले लालीगुराँस संरक्षण गर्ने

कुलेखानी जलासयमा पानी सतह बढ्दै जाँदा अहिले कूल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको सो आयोजनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्