थप १ जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

काठमाडौं : उच्च अदालत जनकपुरधामका १ जना न्यायाधीशमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । योसँगै प्रदेश २ मा कोरोनाबाट संक्रमित न्यायाधीशको संख्या २ पुगेको छ ।

५० वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा १ जनाको पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  काठमाडौंको कपन बस्ने १ युवतीलाई कोरोना संक्रमण

न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ देखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, सबै नीजि अस्पताल खुला राख्न निर्देशन

प्रदेश २ मा न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

कमेन्ट गर्नुहोस्