आईपीएल २०२० मा दर्शकलाई स्टेडियममा ल्याउने यस्तो छ योजना

नयाँ दिल्लीः आइपीएल २०२० आगामी सेप्टेम्बरमा युएईमा हुने घोषणा भइसकेको छ ।

तर कोरोना संक्रमणबीच यस वर्षको आइपीएल दर्शकबिना गर्ने या स्टेडियममा दर्शकसमेत व्यवस्था गरेर गर्ने विषयमा भने छलफल शुरू भएको छ ।

संयुक्त अरब इमिरेट्समा आगामी सेप्टेम्बर १९ देखि आईपीएलको मिति तोकिएको छ । युएई क्रिकेट बोर्डका सचिव मुबाशशिर उस्मानीका अनुसार, सरकारले अनुमति दिएको खण्डमा ३० देखि ५० प्रतिशत दर्शक स्टेडियममा ल्याउन सकिने छ ।

याे पनि पढ्नुस  फोर्ब्सको सूचीमा परेकी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

उस्मानीका अनुसार, सरकारले अनुमति दिएमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)सँग मिलेर दर्शकको व्यवस्थापन गरिने छ । युएईमा हरेक जसो प्रतियोगितामा पुरै स्टेडियम नभरिने बरू ३० देखि ५० प्रतिशत दर्शक मात्रै आउने भएकोले आईपीएलमा समेत सोही अनुसार दर्शक ल्याउन सकिने उनको भनाई छ ।

याे पनि पढ्नुस  कोरोनाः बेलायतमा थप तीन नेपालीको मृत्यु, मृतक संख्या ५ पुग्यो

युएईमा हाल ६० हजार भन्दा बढी कोरोना संक्रमित रहेका छन् । भारतको तुलनामा भने कोरोना महामारी नियन्त्रणमा नै रहेको छ ।

कमेन्ट गर्नुहोस्