अज्ञात समूहद्वारा धारिलो हतियार प्रहारः श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

महेन्द्रनगरः कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए।

याे पनि पढ्नुस  विद्युतको पोल बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए ।

‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ’, प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’

उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ८० पुग्यो

‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ’, थापाले भने ।

कमेन्ट गर्नुहोस्