नेकपाभित्रको बहस पदका लागि होइनः प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अहिले भइरहेको बहस पदका लागि नभएको बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित तुल्सिलाल अमात्यको २१ औं स्मृतिसभामा प्रचण्डले पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने बहसलाई पदसँग जोड्न नमिल्ने बताए ।

उनले भने, ‘पार्टीमा अहिले चर्चा भएजस्तो पदको छिनाझम्ती होइन् । विधि र पद्धति कस्तो बनाउने भन्ने बहस हो । यसलाई पदसँग जोड्न मिल्दैन ।’ उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस स्वभाविक हुने बताए ।

याे पनि पढ्नुस  'प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन'

प्रचण्डले राजनीतिक अस्थीरता र एकताका निम्ति पद त्याग गर्दै आएको समेत स्मरण गरे । ‘मैले संविधान बनाउने बेलामा पनि, निर्वाचन प्रक्रिया स्थानिय तहको गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन्, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं,’ उनले भने ।

याे पनि पढ्नुस  नेकपामा ७० कटेपछि उम्मेदवार बन्न नपाउने व्यवस्था !

पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, July 31, 2020

कमेन्ट गर्नुहोस्