बालुवाटार पुग्यो कोरोना, सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन

फाइल फोटो ।

काठमाडौंः सरकारी निवास बालुवाटारमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ती सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी हुन् । सभामुख सापकोटाको सचिवालयका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको देखिन्छ ।

याे पनि पढ्नुस  र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकी बागलुङकी वृद्धामा कोरोना नभएको पुष्टि

ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएका महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्