प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । सञ्जेलमाथि कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको बताइएको छ । सञ्जेलमाथि कुटटपिट गर्ने दुवैजना कार्यालयका करार कर्मचारी हुन् ।

याे पनि पढ्नुस  बारामा एसएसबीद्वारा स्थानीयमाथि कुटपिट

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

कमेन्ट गर्नुहोस्