कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघ्यो

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट ६ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा १ करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म १ करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

याे पनि पढ्नुस  भारतमा ५३ पत्रकारलाई कोरोना संक्रमण

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट पाटन अस्पतालमा १ जनाको मृत्यु

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९०६ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५५ लाख २५ हजार २७८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १९ हजार २८८ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ ।

याे पनि पढ्नुस  जाे २०७६ मा रियालिटी शोका कारण लोकप्रिय बने

एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ । अफ्रिकामा ९ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ ।

ओसियानामा १९ हजार २७ जनामा कोरोना सङ्क्रमण रहेको छ भने २२६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्