भक्तपुरमा थप २ जनामा कोरोना संक्रमण

काठमाडौं : भक्तपुर थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोरोना संक्रमित पुष्टि हुनेमध्ये १ जना महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत प्रहरी हवल्दार हुन् ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  कोरोना त्रासः सम्पूर्ण खेलकुद कार्यक्रम स्थगित

सङ्क्रमित हवल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, गत साउदी अरबबाट नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका(४ का १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

प्रहरीका अनुसार साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  साथीलाई कोरोना भाइरस भनेर आक्रमण गर्न खोज्नेमाथि जाइलाग्दा युवतीलाई मुक्का

संक्रमण पुष्टि भएका ती युवकको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्