आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं : नेपालमा शनिबार ३ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ३ सय १५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

याे पनि पढ्नुस  विज्ञसँग प्रधानमन्त्रीले लिए परामर्श

देशभर अहिले ५ हजार ३ सय ३८ जना व्यक्ति संक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार ९३ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । त्यस्तै, आज ६ हजार ९ सय ९३ जनाको पीसीआर गरिएको छ । योसहित देशभर पीसीआर गर्नेको संख्या ३ लाख ८२ हजार नाघेको छ ।

याे पनि पढ्नुस  अर्घाखाँची पनि आज रातिदेखि ‘लक डाउन’

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा ११ हजार ५ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्