आज काठमाडौंका ५ र भक्तपुरका १ जनामा कोरोना संक्रमण

काठमाडौं : काठमाडौं उपत्यकामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजधानीका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा उपत्यकामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार उपत्यकाको काठमाडौंका ५ र भक्तपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड

उपत्यकाको ललितपुरमा भने आज संक्रमित नभेटिएका गौतमले बताए ।

देशभर आज ३ सय १५ जनामा कोरोना पोजिटिभ देखिएको डा. गौतमले बताए ।

आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

कमेन्ट गर्नुहोस्