सेती नदीमा बगेर २ स्वास्थ्यकर्मी बेपत्ता

कैलाली : डडेल्धुरा अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र ल्याव असिस्टेन्ट हरि जोशी बेपत्ता भएका हुन् । नदीले बगाएका १ जनाको भने उद्दार गरिएको छ ।

अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको उद्दार गरिएको हो । शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान डोटी गएका उनीहरू दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउन जादा सेतीले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

याे पनि पढ्नुस  भारतबाट आएर क्वारेन्टाइनमा पुग्नेवित्तिकै बालकको मृत्यु

डोटीको शिखर नगरपालिका-१० स्थित सेती नदीमा नुहाउने क्रममा उनीहरू बेत्तपा भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले दुबै जनाको खोजी भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्