सुदूरपश्चिममा एकैदिन १६८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए?

कैलाली : सुदूरपश्चिममा शनिबार थप १ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आज १ सय ६८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलाली, बझाङका ६६/६६ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका ९ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  दुबईमा २ साता ‘लकडाउन’को घोषणा

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका ५ जना, दुर्गाथली र छबीसपाथिभेराका ३/३ जना र मष्टा गाउँपालिकाका २जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  आजबाट २०७७ साल शुरू, कोरोनाले छैन उल्लास

आइतवार १ सय ६८ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९२ पुगेको छ ।

संक्रमण पुष्टि भएका ३ हजार १० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्