बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन

बझाङ : जिल्लाको केदारस्यूँ गाउँपालिकामा २ दिनमै ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जना र शनिबार थप ४१ जनामा कोरोना पुष्टि भएएको हो ।

२ दिनमै ६६ जनामा कोरोना पोजिटिभ देखिएपछि गाउँपालिकामा पुनः लकडाउन गरिएको छ । पछिल्लो २ दिनमा वडा नम्बर १ का १, वडा नम्बर ४ का २, वडा नम्बर ६ का ३२ र वडा नम्बर ७ का ३१ जनामा कोरोना पुष्टि भएको छ।

याे पनि पढ्नुस  बझाङमा वन फडानीः स्थलगत अनुगमन गरेर फर्कियो टोली

क्वारेन्टाइनबाट घर गएकाहरूमा पनि कोरोना पुष्टि भएको छ । उनीहरूलाई गाउँपालिकाले नै घर पठाएको थियो ।

संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरिएको गाउँपालिकाका प्रवक्ता लोकेश बहादुर भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्