वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

पर्सा : वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ महिलाले ज्यान गुमाएकी छन् ।

गण्डक चोक नजिकै रहेको नारायणी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ती महिलामा आज कोभिड-१९ पुष्टि भएको हो ।

शुक्रबार बिहान सवा १० बजे मृत्यु भएकी ५० वर्षीया महिलाको नारायणी अस्पतालको प्रयोगशालाबाट राति ११ बजे आएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसः १० लाख नाघे संक्रमित, ५३ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

राति ११ बजे आएको रिपोर्टमा ६४ जना संक्रमितमध्ये ३ महिला रहेको उल्लेख छ ।

संक्रमण पुष्टि महिलामा मृतक पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । महिलाको मृत्यु कोरोनाको कारणले भएको उनले जनाएका छन् ।

वीरगन्ज १६, नगावा निवासी महिला निमोनियाले ग्रसित भएर उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । शुक्रबार बिहानदेखि उनको स्वास प्रश्वासमा समस्या बढेको थियो ।

याे पनि पढ्नुस  कोरोना सङ्क्रमित डेढ महिनाको शिशुको मृत्यु

मृत्यु हुनुअघि उनको कोरोनाको संक्रमण परीक्षणका लागि उनको स्वाब नमुना संकलन गरिएको थियो । योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कमेन्ट गर्नुहोस्