काठमाडौं पुग्नै लागेका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दाङ, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

आयोगले स्रोत नखुलेको अस्वभाविक रुपैयाँसहित प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।

आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा बा २ झ ४०९९ नम्बरको गाडीलाई रोकेर चेकजाँच गरेपछि उपाध्याय स्रोत नखुलेको रुपियाँसहित पक्राउ परेका छन् ।

याे पनि पढ्नुस  सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष डेढ लाख बढी घुससहित पक्राउ

आयोगले प्रमुख प्रशासकीय अधिकृत उपाध्याय शुक्रबार साँझ काठमाडौं आउँदै गरेको गोप्य सूचनाको आधारमा टोली परिचालन गरेको थियो ।

आयोगको टोलीले उपाध्यायबाट १ लाख २४ हजार ७ सय ५० रुपैयाँ नगद र फिक्स बैंक डिपोजिट गरेको १४ लाख ४८ हजार ७९६ रुपैयाँको रसिद फेला पारेको हो ।

याे पनि पढ्नुस  मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

शुक्रबार साँझ नै अख्तियारको नियन्त्रणमा लिइएका उपाध्यायबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्