जनकपुरधाममा १ हप्ता निषेधाज्ञा जारी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि १ सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

याे पनि पढ्नुस  उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

कमेन्ट गर्नुहोस्