फेरि बढ्यो कोरोनाः कहाँ–कहाँ भयो लकडाउन र निषेधाज्ञा ?

काठमाडौंः लकडाउन अन्त्यपछि कोरोना संक्रमण फैलिएको भन्दै केही स्थानमा लकडाउन त केही स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ–ठाउँमा स्थानीय सरकारले लकडाउन र केहीले निषेधाज्ञा जारी गरेका छन् । केही जिल्ला प्रशासन कार्यालयले सवारी सापमा कडाइ गरेका छन् ।

फेरि लकडाउन र निषेधाज्ञा

– कोरोना भाइरसको संक्रमण झनै फैलिएपछि विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन घोषणा गरिएको छ ।

– बाँकेमा शनिबार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म लकडाउन लागू गरिएको छ ।

याे पनि पढ्नुस  नेपालगञ्जका थप ३५ जनाको आज रिपोर्ट आउँदै

– झापाको विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि फेरि लकडाउन गरेको छ।

– २ दिनमा ६६ जनामा कोरोना देखिएपछि बझाङको केदारस्युँ गाउँपालिकाले लकडाउन गरेको छ ।

– जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।

– साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा १९ साउनदेखि जिल्लाभरका लागि जारी गरिएको छ ।

– समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ ।

याे पनि पढ्नुस  कोरोना सङ्क्रमित महिलाको मृत्यु

– बारामा आइतबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

– कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडालाई शनिबार रातिदेखि एक साताका लागि सिल गरिएको छ ।

सवारी पासमा कडाइ

– संक्रमण बढेको भन्दै गृह मन्त्रालयले काठमाडौं प्रवेशमा कडाइ गरेको छ । राति ७ देखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेशमा रोक लगाएको छ ।

याे पनि पढ्नुस  बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

– जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्थाबाहेक अन्य सवारी पास उपलब्ध नगराउने जनाएको छ । अन्य जिल्लाहरूमा पनि सवारी पासमा कडाइ गरिएको छ ।

– जिल्ला प्रशासन कार्यालय धादिङले अन्तर जिल्ला पास बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र कञ्चनपुरले सेवाग्राहीको भिडभाड बढी हुन थालेपछि स्थानीय तहका नागरिकलाई निश्चित दिन तोकेर सेवा दिन थालेका छन् ।

कमेन्ट गर्नुहोस्