मेलम्ची र घट्टेखोला पहिरोमा पुरिएका १० जनाको शव फेला (नामावलीसहित)

सिन्धुपाल्चोकः मेलम्ची पहिरोमा पुरिएर हराएका ८ जनाकै शव फेला परेको छ । गएराति आएको पहिरोमा परेका ८ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

मृत्यु हुनेहरूमा ७ जना विरगञ्जका र १ जना भारतिय नागरिक रहेका छन् । विरगञ्जका बर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चाैरासिया, २५ बर्षिय विक्रम थिंग, २३ बर्षिय मान बहादुर रुम्बा, २० बर्षिय सिमन घ्लान, २१ बर्षिय शिव बालक धामी, १७ बर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु

अर्का एक जना भारतीय नागरिक बारु शहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ ।

बरुवामा घर पुर्दा दुई जनाको मृत्यु

अबिरल बर्षा सँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको छ।

याे पनि पढ्नुस  पहिरोले मोटरसाइकल पुर्‍यो, चालकको मृत्यु

बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञ बहादुर क्षत्री बन्जराको घर पुर्दा अन्दाजी बर्ष ४० का उनकोे र अन्दाजी बर्ष ४० का उनको श्रीमती लक्ष्मी क्षत्री बन्जराको मृत्यु भएको वडा अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो । स्थानियले उनीहरुको शव निकालेका हुन् । उनीहरूका दुई छोरी, एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छन् भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन् ।

याे पनि पढ्नुस  रुखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

कमेन्ट गर्नुहोस्