सकियो ओली–प्रचण्डको छलफल, के भयो सहमति ?

काठमाडौंः नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भएको छ । पार्टीमा देखिएको विवादको निकास दिनेबारे उनीहरूबीच छलफल भएको हो ।

छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । यी चार नेताबीच आइतबार पनि छलफल भएको थियो ।

याे पनि पढ्नुस  लकडाउनमा कडाइ

छलफलमा प्रधानमन्त्री एवम् नेकपा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् । अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने जवाफ दिएका छन् ।

जसका कारण वार्ता निष्कर्षबिहीन भएको छ । नेकपा स्रोतले भन्यो, ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन । मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली डायलाइसिस गर्दै, काममा खटिँदै

१४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलगायत नेताले राजीनामा मागेपछि सहमति खोज्ने कोसिसका लागि १७ असारपछि बैठक लगातार स्थगित हुँदै आएको थियो ।

याे पनि पढ्नुस  कास्कीमा नेकपाको सभा नजिकै बम विस्फोट

साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक ओली एक्लैलै स्थगित गरेपछि प्रचण्डले स्पष्ट बहुमत पुर्याउँदै सञ्चालन गरेका थिए ।

त्यसपछि विवाद समाधानका लागि आइतबार पहिलो पटक वार्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्