उपत्यकामा फेरि जोर-बिजोर लागू गर्न प्रस्ताव

काठमाडौं : कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर लागू गर्न प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ ।

‘पछिल्लो बैठकमा छलफल पनि भएको हो’ एक उच्च अधिकारीले भने, ‘तर यसबारे निर्णय भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

याे पनि पढ्नुस  अमेरिकामा एकैदिन १३ सय बढीको मृत्यु, ट्रम्प भन्छन्, ‘मास्क लगाउनु पर्दैछ’

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा ३ जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो ।

साथै, भदौ १ बाट लामो दूरीको सवारी पनि चलाउने तयारी छ । तर, लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

याे पनि पढ्नुस  कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरबिजोर, बाहिरबाट आउनेहरूलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्