नेपालमा आज ४१८ जनाका कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा सोमबार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

याे पनि पढ्नुस  ललितपुरका यी स्थानमा थपिए आज कोरोना संक्रमित

त्यस्तै, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

देशभर अहिले ५ हजार ७ सय ३२ जना व्यक्ति संक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्