काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं : काठमाठौं उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

राजधानीका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा आज उपत्यकामा ५१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

सोमबार काठमाडौंका ४३, ललितपुरका ३ र भक्तपुरका ५ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  इरानमा पनि २ व्यक्तिमा कोरोना भाइरस भएको पुष्टि

देशभर आज ४ सय १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा आज ४१८ जनाका कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्