जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल

काठमाडौं : जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना रोकथाम कोषः उपराष्ट्रपति पुनले दिए एक महिनाको तलब

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्