मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णय हुने सम्भावना

काठमाडौं  : आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्ने ती मन्त्रीले बताए । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ ।

याे पनि पढ्नुस  आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।

सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि लकडाउन खोल्दैमा असन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्