नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर : नेपालमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिकाका १ वृद्ध रहेका छन् ।

विराटनगर-५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  कोरोना परीक्षणमा घोटालाः अस्पतालका मालिकसहित १२ जना पक्राउ

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको थियो ।

यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ मा बस्दै आएका आचार्यका परिवारका अन्य २ सदस्यमा समेत संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्