राष्ट्रियसभा समितिको सभापति चयन साउन २३ गते गरिने

काठमाडौं : राष्ट्रियसभाका चारवटै समितिको सभापति चयन २३ साउनमा गरिने भएको छ ।

२३ साउन शुक्रबार दिउँसो १ बजे चारवटै समितिको सभापति चयन गर्ने गरी सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सभापतिको मनोनयका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

याे पनि पढ्नुस  बजेटसँग सम्बन्धित ३ विधेयक पारित

उनका अनुसार प्राप्त मनोनयनलाई त्यसै दिन ४ः३० बजे प्रकाशन गर्ने र भोलिपल्ट बस्ने बैठकमा निणयार्थ पेश हुनेछ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्य फेरिएपछि र समितिलाई पुनसंरचना गरेपछि फेरि सभापति चयन हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्