सेती नदीमा बेपत्ता एचए सिंहको शव फेला

डडेल्धुरा : सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत विनय सिंहको शव भेटिएको छ ।

शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका बझाङ स्थायी घर भएका एचए सिंहको शव शिखर नगरपालिका-१० बान्डुङ्ग्रीसैन भन्ने ठाउँमा भेटिएको हो ।

उनको शव सोमबार दिउँसो बगेको ठाउँबाट १ किलोमिटर तल फेला परेको डोटीका एसपी जनकराज पाण्डेयले जानकारी दिए ।

याे पनि पढ्नुस  डडेल्धुरामा २ सातामा भत्काइयो २३ छाउगोठ

यसअघि डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिका ३ बासतडा भन्ने ठाउँमा फेला परेको थियो ।

एसपी पाण्डेयका अनुसार घटनास्थलभन्दा निकै टाढा जोशीको शव आइतबार फेला परेको थियो भने विनयको शव नजिकै भेटिएको हो ।

याे पनि पढ्नुस  उखु किसानको समस्या ९० प्रतिशत समाधान भयोः उद्योगमन्त्री भट्ट

विनयकोे शव स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए । सिंहको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो ।

कमेन्ट गर्नुहोस्