आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : गत २४ घण्टामा नेपालमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिराहाका ३, सप्तरीका ५१, सर्लाहीका २, महोत्तरीका ३१, धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, कञ्चनपुरका ८, रसुवाका १, बाराका १, काठमाडौँका ४३ र रौतहटका २ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  आज ३७८ जनामा कोरोन संक्रमण, ४९९ जना डिस्चार्ज

यस्तै ललितपुरका ३, चितवनका १,गुल्मीका १,दोलखाका १, कास्कीका ८,स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, वर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमका २, कञ्चनपुरका ८, कैलालीका ६७ र अछामका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  पुनः लकडाउन गर्ने तयारीमा सरकार

कोरोना भाइरसको संक्रमण निको भएर सोमबार थप ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णय हुने सम्भावना

कमेन्ट गर्नुहोस्