सोमबारसम्म विदेशबाट साढे ४० हजार बढी नेपाली स्वदेश फर्किए

काठमाडौं : सोमबारसम्म विदेशमा अलपत्र ४० हजार ७ सय ९५ नेपाली स्वदेश फर्किएका छन् । विभिन्न ७ वटा उडानमार्फत सोमबार मात्र १ हजार १ सय ६७ नेपाली फर्किएका छन् ।

देशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार आज २ वटा शव र २ वर्षमुनिका ३ वटा बच्चा पनि आएका छन् । सोमबार यूएईबाट मात्र ७ सय ५७ जना आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय जनाएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १० पुग्यो

हालसम्म साउदी अरबबाट ५ हजार ८ सय ७१, यूएईबाट १० हजार ४ सय ८४, कुवेतबाट ६ हजार ३ सय २९, मलेसियाबाट पाँच हजार ९ सय ५७ र कतारबाट चार हजार ३ सय ८३ जना नेपाली स्वदेश फर्किएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्