लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त

काठमाडौं : लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गरिएको छ । सोमबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् ।

याे पनि पढ्नुस  लगानी बोर्डमा भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगको पनि अनुभव छ । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठकमा गरिए पनि निर्णय हुन सकेको थिएन ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो ।

कमेन्ट गर्नुहोस्