श्रोत नखुलेको ९ लाख नगदसहित निकुञ्जका कर्मचारी अख्तियारको फन्दामा

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीबाट बाँके राष्ट्रिय निकुञ्जका २ जना कर्मचारीलाई श्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया करिब ९ लाख रुपैयाँ घुससहित रूपन्देहीबाट पक्राउ परेका अख्तियारका बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

याे पनि पढ्नुस  उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर

उनीहरू नगद ३ लाख ४८ हजार घुस रकम र ५ लाख ५० हजारका विभिन्न बैँकका चेकसहित पक्राउ परेका प्रवक्ता भुसालले बताए ।

उनका अनुसार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई निकुञ्जकै बा २ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  चौरजहारी घटनाः हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

उनीहरू सोमबार दिउँसो सैनामैना नगरपालिका-१० बाट पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्