मलेसियामा नेपाली कुट्ने नेपाली आफै आए प्रहरी कार्यालय

काठमाडौं : मलेसियामा १ नेपाली सेक्यूरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको खुलेको छ । उनले प्रहरीसमक्ष आत्मसमर्पणसमेत गरेका छन् ।

कुटपिट गर्ने व्यक्ति कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

कुटाई खाने व्यक्ति पनि नवलपरासीका ईस्लाम हुसेन रहेको र दुवै जना नेपाली रहेको दूतावासले बताएको छ । मलेसिशयामा हुसेनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

याे पनि पढ्नुस  मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

भिडियोमा देखिएको घटना यही ७ जुलाई बिहान १० बजे तिर क्वालाम्पूरमा रहेको एम थ्रि महलमा भएको थियो । निजमध्ये पीडित क्यूरिटी गार्ड र पिडक सुपरभाईजरको रूपमा कार्यरत रहेको दूतावासले जारी गरेको विज्ञत्तिमा उल्लेख छ ।

राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरू नै रहेको कुरा स्वीकार गरेका छन् ।

याे पनि पढ्नुस  नेपाली अम्पायरले मलेसियामा क्रिकेट खेलाउन पाउने

हुसेनलाई पिट्ने रामगोपाल मुकाउ आज सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी ससमक्ष उपस्थित भएका छन् ।

कमेन्ट गर्नुहोस्