फेरि लकडाउन गर्ने/नगर्नेबारे विषयमा प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन गर्ने/नगर्नेबारे विषयमा जनस्वास्थ्य विज्ञसँगको छलफलमा जुटेका छन् ।

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री ओली विज्ञसँगको छलफलमा जुटेका हुन् ।

छलफलका लागि ओलीले कोभिड-१९ शंकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरू तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई मंगलबार बोलाएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री अब कवि मात्र होइन, गीतकार पनि !

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूसँग छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्दै हुनुहुन्छ । समय अहिले तय भइसकेको छैन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

आज मात्रै नेपालमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

कमेन्ट गर्नुहोस्