छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

रुपन्देहीः रुपन्देहीको तिलोत्तमा नगरपालिका आज भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । तिलोत्तमा-६ पूर्व पौनीमा माछा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । माछालाई दाना हाल्ने क्रममा एक्कासि पोखरीमा खसेर ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु

पोखरीमा डुबेका चौधरीलाई परिवारले थाहा पाई स्थानीयवासीको सहयोगमा बाहिर निकाली उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेकामा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी कुलोमा बगेर तिलोत्तमा नगरपालिका-५ कैलाश पथका ४ वर्षीय आर्यन परियारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी नायब निरीक्षक रुमबहादुर केसीका अनुसार स्याङ्जाको चापाकोट घर भई तिलोत्तमा-५ मा बस्ने किसान परियारका छोरा आर्यनलाई खेल्नेक्रममा कुलोले बगाएको थियो ।

याे पनि पढ्नुस  महायज्ञमा गएको मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार

करीब ७ सय मिटर तल पुगेका आर्यनलाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्