कोरोनाको भारतमा नयाँ रेकर्ड

काठमाडौंः गएको २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या पनि विश्वका अन्य देश भन्दा भारतमा धेरै छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा आठ सय १० जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको वल्र्डओमिटरमा उल्लेख छ ।

याे पनि पढ्नुस  स्याङ्जामा १६ सुरक्षाकर्मी, १ एम्बुलेन्स चालकसहित २५ जनामा कोरोना पुष्टि

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ भने ३८ हजार ९७१ जनाको मृत्यु भएको छ ।

यसबीचमा ब्राजिलमा पाँच सय ७२ र अमेरिकामा पाँच सय ४६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ४८ हजार र ब्राजिलमा भण्डै १८ हजारमा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  बालुवाटारमा कोरोनाः सभामुख सापकोटासहित ३० जनाकै रिपोर्ट नेगेटिभ

यस बीचमा विश्वभर चार हजार तीन सय ४४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने भण्डै दुई लाख नयाँ संक्रमित फेला परेका छन् ।

कमेन्ट गर्नुहोस्