नेपाल बैङ्कले पनि ह्वात्तै घटायो ब्याजदर, ऋण लिनेलाई फाइदै फाइदा

काठमाडौंः नेपालको बैङ्कले नयाँ कर्जा योजना ल्याएको छ । बैङ्कले पाँच वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना अगाडि सारेको छ ।

यसमा घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैङ्कमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधा रहेको बैङ्कले जनाएको छ ।

याे पनि पढ्नुस  शेयर धितो राखेर ऋण पाइने

बैङ्कले नयाँ लघुउद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि सुरु गरेको जनाएको छ । लघुउद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको जानकारी बैङ्कले दिएको छ । यो ब्याजदर पनि उक्त प्रकृतिका कर्जामा बैङ्किङ क्षेत्रकै न्यून ब्याजदर भएको बैङ्कको दाबी छ ।

याे पनि पढ्नुस  एडीबीले दियो नेपाललाई ४० अर्ब ऋण

यस प्रकारका कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेस गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिने बैङ्कले जनाएको छ ।

बैङ्कले घडेरी खरिद गरी घर निर्माण गर्ने वार्षिक ९.९९ प्रतिशत ब्याजदरको योजना पनि ल्याएको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैङ्क तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गर्ने पनि बैङ्कले जनाएको छ ।

याे पनि पढ्नुस  मुग्लिन–पोखरा सडक विस्तारः एडीबीले २१ अर्ब ५० करोड रुपैयाँ ऋण दिने

यस कर्जाअन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्ने बैङ्कले स्पष्ट हालेको छ । यो कर्जाको अवधि पाँच वर्षदेखि २० वर्षसम्म कायम गरिएको बैङ्कले स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्