सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी

राजविराजः जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने गरेको छ ।

समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार आज (मङ्गलबार) बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको बताए ।

याे पनि पढ्नुस  ‘कोरोना स्वाइन फ्लू भन्दा १० गुणा बढी खतरनाक, खोप बिना रोकिँदैन’

कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्