पुनः लकडाउन !

काठमाडौंः सरकारले लकडाउन अन्त्य घोषणापछि कोरोना संक्रमित संख्या बढिरहेको छ ।

समूदायमा संक्रमण फैलिएको भन्दै केही स्थानीय तहहरूले लकडाउन घोषणा गरिसकेका छन् । केही जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

लकडाउन खुकुलो भएसँगै खासगरी भारतसँग सीमा जोडिएका जिल्लाहरुमा कोरोनाको संक्रमण बढेको छ ।

समूदायमा संक्रमण फैलिएको र स्थिति थप जटिल बन्ने भन्दै कतिपयले पुनः लकडाउन गर्नुपर्ने बताउन थालिसकेका छन् । तर, अब दोस्रो चरणमा पुनः लकडाउन घोषणा गरिएमा देशले धान्न नसक्ने विश्लेषकहरू बताउँछन् ।

याे पनि पढ्नुस  यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

कोरोना संक्रमितहरू दिनदिनै बढ्न थालेपछि नेपालमा सरकारले फेरि लकडाउन जारी गर्न सक्ने चर्चा भइरहेको बेला स्वास्थ्य मन्त्री भानुुभक्त ढकालले प्रभावित जिल्लाहरूको अवस्था हेरेर लकडाउनबारे निर्णय लिइने बताए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फेरि लकडाउन गर्नेनगर्नेबारे विषयमा जनस्वास्थ्य विज्ञसँगको छलफलमा जुटेका छन् । छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरू तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई मंगलबार बोलाएका छन् । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

याे पनि पढ्नुस  आज ६४१ जनामा कोरोना संक्रमण पुष्टि

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो ।

साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ ।

याे पनि पढ्नुस  अमेरिका र भारतका केही राज्यमा फेरि लकडाउन घोषणा

यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ ।

फेरि बढ्यो कोरोनाः कहाँ–कहाँ भयो लकडाउन र निषेधाज्ञा ?

कमेन्ट गर्नुहोस्