जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोटः कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।

सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो ।

याे पनि पढ्नुस  बाजुरामा भाइरल ज्वरोले २ को मृत्यु

सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ ।

शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान अमृत पुनले बताए । अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।

कमेन्ट गर्नुहोस्