प्रेमिकाले राखी लगाउँदा प्रेमीले आत्महत्या प्रयास गरेपछि…

एजेन्सीः सामाजिक सञ्जालका लागि मात्र मानिसले अनेक प्रकारको क्रियाकलाप गरेको देखिन्छ । सामाजिक सञ्जालमा अरुलाई देखाउनको लागि मात्र मानिसले हदै सम्मका काम गर्ने गर्दछन् । यस्तै भएको छ रक्षा बन्धनको दिनमा ।

सामाजिक सञ्जालमा फोटो राख्न कै लागि एक युवतीले आफ्नै प्रेमिलाई राखि लगाइदिएकी छन् । भारतको बिहार राज्यमा भएको यस घटनाले सबै जना अचम्ममा परेका छन् । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा धेरै साथी भएकी ती युवतीले केही लाइक र कमेन्टका लागि प्रेमीलाई राखी बाँधिदिएकी हुन् । प्रेमीलाई अन्य बहाना बनाउँदै घरमा बोलाएर ती युवतीले राखी लगाइदिएकी थिइन् ।

याे पनि पढ्नुस  सुशांत सिंहले गर्न सक्छन, म किन गर्दिन ? भन्दै विद्यार्थीले गरे आत्महत्या

उनले राखी लगाउदै गरेको तस्वीर समेत खिचेकी थिइन् । जुन उनले कही समय भित्रै सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् ।

उनको यस्तो हर्कतले दखी भएका प्रेमीले घर फर्किएर आत्महत्याको प्रयास गरेका थिए । तर समयमै खबर पाएपछि उनका परिवारले उनलाई आत्महत्या गर्नुबाट बचाएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्