सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः सुनको मूल्यमा तोलामा ९९ हजार ८ सय पुगेको छ ।

आज सुनको मूल्य दुई सय रुपैयाँले बढेपछि सुनको मूल्यमा तोलामा ९९ हजार ८ सय पुगेको हो । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको थियो ।

याे पनि पढ्नुस  आज पनि सुनको मूल्य घट्यो

सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि तोकिएको सुनको बजार मूल्य हालसम्मै उच्च हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो ।

आज तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  ८ तोला सुनसहित युवक समातिए

आज चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी प्रतितोला १२ यस ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्