लकडाउन र जोर–बिजोरबारे निर्णय गर्न बालुवाटारमा बैठक सुरू

काठमाडौंः कोरोना भाइरसबाट संक्रमितहरूको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्न सरकारले जनस्वास्थ्यबिज्ञहरुसँग आज छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित जनस्वास्थ्यविज्ञहरुसँग अहिले छलफल गरिरहेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको १३ औं डायलासिस

छलफलमा २७ जना जनस्वास्थ्यविज्ञहरू सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण शुरू भएपछि गएको चैत्र ११ देखि पटकपटक गरी सरकारले देशभरि लागु गरेको लकडाउन साउन ८ गतेदेखि हटाएको थियो ।

सुरक्षा सतकर्ता अपनाउँदै सरकारी तथा निजी कार्यालय, सार्वजनिक यातायात र कलकारखाना खोलिए पनि सर्वसाधारणले पर्याप्त सतर्कता नअपनाउदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

याे पनि पढ्नुस  अमेरिकाः बुलेट ट्रेनको गतिमा संक्रमण, एकदिन २१ हजार बढी संक्रमित (राज्यको डाटासहित)

शुरूशुरूमा काठमाडौैं उपत्यकामा कोरोना संक्रमितको संख्या कम भए पनि बाहिरबाट उपत्यका भित्रिने क्रममा वृद्धि भएपछि केही समययता संक्रमितको संख्या बढ्न थालेको छ ।

जनस्वास्थ्यबिज्ञहरुसँगको परामर्शपछि कोरोनाको जोखिम नियन्त्रणका लागि फेरि लकडाउन गर्ने वा सुरक्षाको अन्य उपायहरू लागु गर्ने भन्ने निर्णय सरकारले गर्ने बुझिएको छ ।

याे पनि पढ्नुस  सवारी पास लिन आमाको मृत्युको झुटो विवरण दिएपछि...

त्यस्तै, यातायातमा जोर–बिजोर लागू गर्ने नगर्नेबारे पनि निर्णय हुने सम्भावना छ ।

फेरि सवारीमा जोर–बिजोर !

पुनः लकडाउन !

कमेन्ट गर्नुहोस्